त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जानकारी दिएको हो।
लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो। त्यसअनुसार दुई वटा आंगिक क्याम्पसहरू र सयौं सम्बन्धन प्राप्त कलेज/क्याम्पसहरूमा निर्विरोध रूपमा स्ववियु गठन भइसकेको छ।
बाँकी रहेका अधिकांस क्याम्पसहरूमा निर्वाचन गरी कार्यसमितिका पदाधिकारी र सदस्यहरू छनौट गर्न लागेको हो।
![No description available.](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/335751818_9819504434742150_7260234046696217174_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=NVsfUyItYDUAX8zEOkL&_nc_oc=AQn_4KUpvKeFcgl1KZn-jI4ByezSEZB7QkwHaAWPAxAwlceiee8Ambb1L6qTkyyCf5E&_nc_ht=scontent.fktm3-1.fna&oh=03_AdQNYKodeK0PgfdPmkLVJKXkb0GhWcCdlzm5wSvrd-verw&oe=643D2627)