नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन्।
केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी कुँवरलाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।
आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित अवकाशमा जाँदैछन्।
कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।
उनी अर्घाखाँचीका हुन्। कुँवर २०५१ चैत ५ देखि प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी निरीक्षकबाट उनले सेवा सुरू गरेका थिए।
उनी एसएसपी हुँदासम्म १३ औं बरीयतामा थिए। तर डिआइजीमा बढुवा हुँदा पहिलो नम्बर आएका थिए। उनी विभिन्न जिल्लामा प्रहरी प्रमुख भई कामसमेत गरेका थिए।
कुँवरले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९, १६:४२:००