नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले सर्वसाधारण जनतालाई ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरूले नै गर्नुपर्ने बताएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद घिमिरेले सर्वसाधारण जनतासमक्ष ऋण पुर्याउने एकमात्र आधार लघुवित्त कम्पनीहरू भएको भन्दै यसैले सर्वसाधारणहरूलाई ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे।
उनले बैंकहरूले लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने र लघुवित्तले पनि सर्वसाधारणलाई सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने बताए।
उनले भने, ‘गाउँ-गाउँसम्म, साधारण जनता समक्ष पैसा पुर्याउनको निमित्त, ऋण पुर्याउनको निमित्त लघुवित्त कम्पनीहरू नै एकमात्र आधार हो भन्नेकुरा दक्षिण एसियामा सावित भइसकेको छ। लघुवित्त कम्पनीहरूलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएर सरकारले अर्थात् बैंकहरूले ऋण उपलब्ध गराएर जनतामा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने काम लघुवित्त कम्पनीहरूलाई नै यसमा अगाडि ल्याउनुपर्छ भन्ने मेरो धारणा छ र तत्काल कानूनको निर्माण गरी यो काम सुरूआत गरियोस् भन्ने मेरो आग्रह छ।’
उनले ठगी धन्दामा संलग्नहरूका लागि छुट्टै कानूनको निर्माण गरेर कानूनी कारबाही गर्नुपर्ने बताए।