खगेन्द्र सुनारको अध्यक्षतामा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन्।
उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्। दल दर्ता नम्बर २१६ रहेको छ।
यो पार्टीको चुनाव चिह्न 'लाइक' रहेको छ।
दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले पत्रकारहरूसँग कुराकानी गर्दै आफू कुनै एक क्षेत्रबाट निर्वाचन लड्ने बताए।
‘केपी ओली र रमेश लेखक चुनाव लड्न पाउने भए म त्यही क्षेत्रमा लड्थें, उनीहरूलाई मुद्दा लागेर चुनाव लड्न पाउँदैनन्,’ उनको दाबी छ, ‘म कुनै एक क्षेत्रबाट चुनाव लड्छु। हाम्रो पार्टी नेपाल प्रधानमन्त्री बन्ने गरी चुनावबाट आउँछ।’
उनले कांग्रेस र एमालेलगायत शक्तिहरूसँग सहकार्य हुने पनि बताएका छन्।
तस्बिरहरू:
-1763968469.jpg)
-1763968468.jpg)
-1763968468.jpg)
-1763968467.jpg)
-1763968466.jpg)
-1763968467.jpg)
-1763968465.jpg)
-1763968464.jpg)
-1763968464.jpg)
-1763968463.jpg)
-1763968465.jpg)
-1763968470.jpg)
-1763968471.jpg)
-1763968469.jpg)
-1763968471.jpg)