बलात्कार कसूरमा एक जनालाई अदालतले १६ वर्षको कैद फैसला सुनाएको छ।
एक जना पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा दाङ देउखुरी जिल्ला अदालतले १६ वर्षको कैद फैसला सुनाएको हो।
घोराही उपमहानगरपालिका वडा नं. २ निवासी १८ वर्षीय मुकेश विकलाई बलात्कारमा कसूरदार ठहर गर्दै १६ वर्ष कैदको फैसला अदालतले गरेको छ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार कसूर ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको थियो।
कसूरदारको जायजेथा केही नभएकाले पीडितलाई स्थानीय तहबाट क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ।
विकले पाँच वर्षीय बालिकालाई गत माघ महिनामा बलात्कार गरेको प्रहरी समक्ष उजुरी परेको थियो। त्यही मुद्दा उपर फैसला सुनाउँदै अदालतले विकलाई १६ वर्ष कैदको फैसला सुनाएको हो।