दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढा निवासी ४७ वर्षीय टिकाराम भण्डारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खेतबारीमा सिँचाइका लागि इनारबाट मोटर लगाई पानी तान्ने क्रममा उनलाई शनिबार बिहान १० बजेतिर करेन्ट लागेको थियो।
गम्भीर अवस्थामा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएका भण्डारीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए।