कर्णालीको रारा तालमा शुक्रबार हिउँ परेपछि सेताम्य भएको छ।
चारैतिर मनमोहक हिमाल। वरिपरि हरियाली जंगल बीचमा सुन्दर ताल रारा, महेन्द्र तालका रूपमा परिचित रारा ताल हिउँले ढपक्कै छ।
समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँ ढाकेसँगै सेताम्य देखिन्छ।
हिउँले राराको सौदर्यतामा थप चमक भरेको छ।
बुधबारदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने पश्चिम पहाडी र तराई क्षेत्रमा वर्षा भएको छ।