काठमाडौंबाट अवैध रूपमा ल्याएको सुन जस्तो देखिने धातुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मित्रनगर बुद्धमार्गस्थित होटल परेली डिलक्समा बस्ने ३५ वर्षीय बसन्त लम्साललाई पक्राउ गरेको हो।
उनीबाट अवैध रूपमा ल्याएको ३ सय ग्राम तौलको ६ थान सुन जस्तो देखिने धातुका बाला बरामद गरेको प्रहरीले जनाएको छ।
उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले बुद्धमार्गस्थित सडकमा जाँच गर्नेक्रममा उनको साथबाट सुन जस्तो देखिने धातु फेला पारी पक्राउ गरेको हो।
उनलाई उक्त धातुसहित आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको महानगरीय प्रहरी प्रभाग गोंगबुले जनाएको छ।