पोखरामा रहेको फेवाताल सफाइ अभियान सुरू गरिएको छ।
पोखरा महानगरपालिकाको नेतृत्वमा वडाहरूको सक्रियतामा ३३ स्थानबाट फेवाताल सफाइ अभियान सुरू गरिएको हो।
३३ वटै वडाका जनप्रतिनिधिसहित करिब पाँच हजार भन्दा बढीले फेवाताल सफाइ अभियानमा सहभागिता जनाएका छन्।
पोखरा महानगरका मेयर धनराज आचार्यले दुई सय ट्रक भन्दा बढी फोहोर संकलन गरिसकिएको बताए।
फेवातालमा रहेका जलकुम्भी निकालिएको हो। फेवातालको करिब ७५ प्रतिशत क्षेत्रमा जलकुम्भी फैलिएपछि निकाल्न थालिएको हो।
फेवाताल सरसफाइ अभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लव, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू लगायत पनि सहभागी छन्।
तस्बिरहरू: