बर्खाको हरियालीसँगै काठमाडौँ उपत्यकामा यतिबेला अर्को मनमोहक दृश्य पनि देखिन थालेको छ—तोप चराको रमाइलो चहलपहल।
बादलले आकाश ढाक्न थालेसँगै यी साना, फुर्तिला चराहरू आफ्नो संसार सजाउन व्यस्त देखिन्छन्।
रुखका हाँगामा झुन्डिने बान्कीपूर्ण गुँड बुन्ने उनीहरूको कला हेर्दा लाग्छ, प्रकृतिले आफैंले कुनै कुशल शिल्पीलाई काममा लगाएको हो।
बढ्दो शहरीकरण र कंक्रिटको जंगलबीच चराचुरुङ्गीको बासस्थान खुम्चिँदै गए पनि काठमाडौँको बल्खु आसपासका केही रुखमा अहिले तोप चराको बाक्लो बथान आफ्नै लयमा जुटिरहेको देखिन्छ।
हरिया घाँसका मसिना त्यान्द्रा चुच्चोमा च्याप्दै, हावासँगै झुल्ने सुन्दर गुँड बुन्न उनीहरू दिनभरि व्यस्त देखिन्छन्। टाढैबाट हेर्दा ती गुँडहरू रुखका हाँगामा झुन्डिएका कलात्मक झुम्काझैँ लाग्छन्।
गर्मी छल्न तराईबाट पहाड उक्लने तोपचरा ‘इन्जिनियर चरा’ का रूपमा पनि चिनिन्छन्। कारण—उनीहरूसँग आफ्नो बासस्थानलाई आकर्षक र सुरक्षित ढाँचामा निर्माण गर्ने अद्भुत सीप हुन्छ।
अझ रोचक त के भने, पोथी चराको मन जित्न भाले तोपचराहरूबीच मानौँ प्रतिस्पर्धा नै चल्छ। कसको गुँड सुन्दर, कसको बुनाइ बलियो—यही होडमा उनीहरू घण्टौँ मेहनत गरिरहेका भेटिन्छन्।
अध्यताहरूका अनुसार पोथीले गुँड मन पराएन भने त्यसमा पस्नसमेत रुचाउँदैन।
प्रकृतिको अनुपम कलासँगै सानो जीवको अथक मेहनत मिसिएको यो दृश्य यतिबेला उपत्यकाका केही क्षेत्रमा देख्न सकिन्छ।
शहरको भीड, धुलो र हतारबीच बल्खुका रुखहरूमा झुन्डिएका ती कलात्मक गुँडले एकछिन भए पनि आँखालाई शीतलता र मन पुलकित बनाउँछ।
हेर्नुस् तस्बिरहरूः
-1779684816.jpg)
-1779684816.jpg)
-1779684815.jpg)
-1779684815.jpg)
-1779684815.jpg)
-1779684815.jpg)
-1779684815.jpg)
-1779684815.jpg)
-1779684814.jpg)
-1779684814.jpg)
-1779685544.jpg)