दसैंले छोएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो कर्मथलो छाडेर जन्मथलो फर्किनेको लर्को लागेको छ।
चाडपर्व मनाउन गाउँघर जाने यात्रूको चाप बढ्दा उपत्यका छाड्ने विभिन्न नाकामा सवारीसाधनको लामो लाइन देखिन थालेको छ।
तर, काठमाडौंको प्रमुख नाका नागढुंगाको दृश्य भने यसपटक फरक छ। कुनै बेला सामान्य अवस्थामा समेत सवारी जाम हुने नागढुंगा नाका अहिले सुनसान देखिन्छ।
नागढुंगा–सिस्नेखोला सुरूङमार्ग सञ्चालनमा आएसँगै यस सडकखण्डको सवारी चाप सुरूङमार्गतर्फ सरेको छ।
सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनको चाप धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बु क्षेत्रमा देखिएको छ।
सिस्नेखोलातर्फ सुरूङभित्र प्रवेश गर्न र बलम्बुतर्फ सुरूङबाट बाहिरिन तथा भित्रिन लागेका सवारीसाधनको लाइन देखिन्छ।
सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको पुरानो सडकमा सवारी चाप घटेको देखिए पनि सुरूङमार्गका प्रवेश र निकास क्षेत्रमा भने दसैंको आवागमनको चाप देखिन थालेको छ।
तस्बिरहरूः
-1792129141.jpg)
-1792129143.jpg)
-1792129142.jpg)
-1792129142.jpg)
-1792129144.jpg)
-1792129144.jpg)
-1792129144.jpg)
-1792129144.jpg)
-1792129144.jpg)
-1792129143.jpg)
-1792129143.jpg)
-1792129143.jpg)
-1792129143.jpg)
-1792129143.jpg)
-1792129142.jpg)
-1792129142.jpg)
-1792129141.jpg)