नेपाल प्रहरीको यस वर्षको पुलि ब्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआइजी भूपेन्द्र खत्री र पूर्ण शान्ति पुरस्कार जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीलाई प्रदान गरिएको छ।
७१औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृह मन्त्री सुधन गुरूङले प्रहरी ब्याटन र पुरस्कार प्रदान गरिएको हो।
सात प्रदेशमध्ये कार्यदक्षता मूल्यांकन अन्तर्गत लुम्बिनी प्रदेश प्रहरी कार्यालय पहिलो भएकाले प्रमुख खत्रीले उक्त ब्याटन पाएका हुन्।
ब्याटन कार्यसम्पादन, कार्यकुशलता, मुल्यांकनको आधारमा दिने गरिएको छ।
त्यसैगरी बाँके प्रहरी प्रमुख रहेर एसपी जिसीले उत्कृष्ट काम प्रदान गरेकाले पूर्ण शान्ति पुरस्कार प्रदान गरेको हो।