नेपाली राष्ट्रिय टिमका बलरद्वय सन्दीप लामिछाने र सोमपाल कामी आइतबार राति क्यानडा जाने भएका छन्। दुवै बलर ग्लोबल टी–२० खेल्नका लागि सिंगापुरलाई क्यानडा जान लागेका हुन्।
दुवै टिम सिंगापुरमा आयोजना भएको आइसिसी टी–२० विश्वकप एसिया छनोटमा भाग लिएपछि उतैबाटै क्यानडा जान लागेका हुन्।
सन्दीप लिगमा लगातार दोश्रो पटक आबद्ध हुँदा सोमपाल पहिलो पटक छनोट भएका थिए।
गत वर्ष मोन्टरियल टाइगर्सका लागि खेलेका सन्दीपलाई यसपटक टोरोन्टो नेसन्सले भित्र्याए थियो। सोमपाललाई भने विनिपेग हक्सले आबद्ध गरेको थियो।
लिग तीन दिनअघि नै सुरु भइसकेकाले दुवैले सुरुवाती खेल गुमाइसकेका छन्।
यता एसिया छनोटमा तेस्रो स्थानमा सीमित भएको नेपाली क्रिकेट टिम भने भोलि राति साढे १० बजे काठमाडौं आइपुग्ने नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले जनाएका छन्।