आफ्नै भूमिमा अन्तराष्ट्रिय क्रिकेट खेलाउने पाकिस्तानको प्रयास पुनः असफल भएको छ। श्रीलंकाका १० खेलाडीले पाकिस्तान जान अस्वीकार गरेपछि उसको प्रयास असफल भएको हो।
पाकिस्तानले यसै महिना श्रीलंकासँग तय भएको ३ टि-२० तथा तीन वान डे पाकिस्तानमै खेलाउन प्रस्ताव गरेको थियो।
२७ सेप्टेम्बरबाट पाकिस्तान र श्रीलंकाबिच सिरिज सुरू हुँदैछ।
श्रीलंकाका कप्तान करूणारत्ने, लसिथ मालिंगा तथा एंजेले म्याथुज लगायतका १० खेलाडीले पाकिस्तान जान अस्वीकार गरेको बताइन्छ।
सन् २००९ मा पाकिस्तान भ्रमणमा गएको श्रीलंकाली टोलीमाथि आतंकवादी हमला भएको थियो। यस हमलामा खेलाडीहरू मुश्किलले बचेका थिए। त्यसयता कुनै पनि टोलीले पाकिस्तानमा पूरा सिरिज खेलेको छैन्। तर सन् २०१७ मा श्रीलंकाले पाकिस्तानमा एक टि-२० खेल भने खेलेको थियो। यध्यपी यसमा टोलीका प्रमुख खेलाडी भने सामेल थिएनन्।
यस बारेमा पाकिस्तान क्रिकेट बोर्डले आधिकारिकरूपमा केहि बोलेको छैन।
बोर्ड श्रीलंकाका खेल मन्त्री तथा क्रिकेट बोर्डसँग निरन्तर सम्पर्कमा भने रहेको बताइन्छ।
क्रिकइन्फोका अनुसार पाकिस्तान जान अस्वीकार गर्ने १० खेलाडीमा कप्तान दिमुथ करूणारत्ने, लसिथ मालिंगा, एन्जेलो म्याथुज, निरोशन डिकवेला, कुसल परेर, धनंजय डि सिल्वा, थिसारा परेर, अकिला धनंजय, सुरगा लकमल तथा दिनेश चांडीमल रहेका छन्।