इंग्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुलले अर्को जित हात पारेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले ब्राइटनलाई ३-१ गोलले पराजित गर्यो।
लिभरपुलका लागि मोहमद सलाहले दुई गोल गरे। उनले खेलको छैटौं र ७६ मिनेटमा गोल गरेका थिए। त्यसअघि हेन्डर्सनले आठौं मिनेटमा अग्रता दोब्बर पारेका थिए।
ब्राइटनका लागि ट्रोसर्डले ४५ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।
यता अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासललाई ५-० गोलले पराजित गरेको छ। सिटीका लागि गाब्रियल जेससले दशौं मिनेटमा पहिलो गोल गरे। रियाद महारेजले २१ मिनेटमा अग्रता दोब्बर पार्दा न्युकासलका फर्नान्डेजले ५८ मिनेटमा आत्मघाती गोल गरे।
डेभिड सिल्भाले ६५ मिनेटमा सिटीका लागि चौथो गोल गरे। रहिम स्टर्लिङले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरेपछि सिटीले ५-० गोलको जित हात पार्यो।
लिगको उपाधि जितिसकेको लिभरपुलले ३४ खेलबाट ९२ अंक जोडेको छ। दोस्रो स्थानको सिटीको ६९ अंक रहेको छ।