युरोपा लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ।
युनाइटेडले बिहीबार राति भएको खेलमा इटालियन क्लब रोमालाई ६-२ गोलले पराजित गर्यो।
खेलको नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। तर १५ मिनेटमा रोमाले पेलेग्रिनीको पेनाल्टी गोलबाट रोमाले बराबरी गर्न सफल भयो।
३३ मिनेटमा जेकोले गोल गर्दै रोमालाई अग्रता दिलाए। पहिलो हाफमा २-१ गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा चार गोल गर्यो।
युनाइटेडका लागि काभानीले ४८ मिनेटमा बराबरी गोल फर्काए। ६४ मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडले ३-२ को अग्रता लियो।
७१ मिनेटमा फर्नान्डेजले युनाइटेडका लागि चौथो गोल गरे। ७५ मिनेटमा पोग्बाले पाँचौ र ८६ मिनेटमा ग्रिनउडले छैटौं गोल गरे।
यता अर्को सेमिफाइनलमा इंग्लिस क्लब आर्सनल पराजित भयो। आर्सनललाई स्पेनिस क्लब भिल्लारियलले २-१ गोलले हरायो।
भिल्लारियलका लगि मुनोले पाँचौ र अबिओलले २९ मिनेटमा गोल गरेका थिए। आर्सनलका लागि पेपेले ७३ मिनेटमा पेनाल्टीबाट गोल फर्काए।
दुवै टिम १०-१० खेलाडीमा सीमित बनेका थिए। आर्सनलका सेबालोस ५७ मिनेट र भिल्लारियलका कापोए ८० मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।