इंग्लिस प्रिमियर लिगमा शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने दौडमा रहेको म्यानचेस्टर सिटीलाई अंक तालिकाको पुछारमा रहेको तथा रेलिगेसनमा परेको साउथह्याम्पटनले बराबरीमा रोकेको छ।
खेल गोलरहित बराबरीमा सकिएको हो।
खेलमा सिटी बल पोजेसनमा हावी रह्यो, तर साउथह्याम्पटनको रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनले उनीहरूलाई गोल गर्नबाट रोके। साउथह्याम्पटनले पनि केही काउन्टर अट्याकमार्फत खतरा सिर्जना गर्यो, तर म्यानचेस्टर सिटीका गोलकिपर र डिफेन्सले ती अवसरहरूलाई विफल बनाए।
यो बराबरीले म्यानचेस्टर सिटीलाई लिगको शीर्ष चारमा रहन केही दबाब थपिएको छ। तेस्रो स्थानको सिटीको ३६ खेलबाट६५ अंक छ।
एक खेल कम खेलेका चौथो, पाँचौ र छैटौं स्थानका न्युकासल, चेल्सी र एस्टन भिल्लाको ६३-६३ अंक छ। जबकि साउथह्याम्पटन अंक तालिकाको पुछारमा छ भने रेलिगेसनमा परिसकेको छ।