कपाल मानिसको सौन्दर्य हो। सुन्दर कपालको चाहना सबैमा हुन्छ पनि। यसै विषयमा धेरै गीत, कविता, कहावत, भनाइ बनेका छन्।
‘कालो केसमा रेलिमाई’ भन्ने गीत छ। त्यस्तै कालो केस भएका दुई युवक म चढेको सार्वजनिक बसमा चढ्छन्। कहाँ जाने हो यो बस भनेर सोध्छन्। उनीहरू र म जाने ठाउँ संयोगले एउटै रहेछ। यसैले यो लेख लेख्ने मसाला जुर्यो।
ती युवाहरू भिड बसमा चढेका यात्रुहरूका गह्रौँ झोला म समात्दिन्छु भन्दै थिए, केही उभिँदै गरेका यात्रुको झोला समेत समातिदिए। मैले सोधेँ, ‘भाइ, यता कता जान लागेको?’
उनीहरूको भनाइ थियो, ‘कपाल काट्न अपोइन्टमेन्ट लिएको छु।’
मैले सोधेँ, ‘निल डेभिडकोमा हो?’
उनीहरूले भने- होइन।
कति लिन्छ पैसा भन्दा ७००० हजार रे। म त छक्क परेँ। फेरि आफूलाई यति पनि जानकारी नभएकोमा ग्लानि पनि लाग्यो। दुनियाँ कहाँ पुगेछ, म भने जहाँको त्यही!
उनीहरू साँच्चिकै कपाल काट्न जाँदै थिए। हेर्दा खासै पढेलेखेका जस्ता नदेखिने ती युवाहरू खासमा पढ्न पनि अब्बल रहेछन्, अचम्म लाग्यो। डन्ट जज द बुक बाई इट्स कलर भन्ने कुरा साँच्चै नै रहेछ।
विद्यालयमा बच्चाहरू ‘सर, कपाल मुलेट गर्नुस् न राम्रो सुहाउँछ’ भन्दछन्। आफूलाई त्यो मुलेट केही पत्ता छैन। बच्चाहरू कपाल मन पराउँछन्। काट्न मन पराउँदैनन्। त्यसै भएर होला स्कुल कलेजमा कपाल जबरजस्ती काट्न नपाई नियम सरकारले राखेको छ कि न कि युवा जोको सरकार छ।
कुनै समय पोखरामा खरेल प्रहरीको हाकिम हुँदा ताका सबैको लामो कपाल देखेपछि काट्दिन्छ भन्दथे। अहिले यस्तो छैन तर कपालमा मानिसहरू धेरै पैसा खर्चिन्छन्। कुनै बेला रञ्जना गल्लीमा कपाल काटेको महँगो हुन्छ राम्रो काट्छ भन्दथे। आजकल त कोभिड पछिको अवस्थामा सबैतिर मेसिन छ कैँची चलाउन पर्दैन, केबल कपालको कान घाँटीतिर मात्र कैँची लगाइन्छ, अन्यत्र त मेसिन नै चल्छ।
बिजनेस पढाउँदा ताका पर्सनल सर्भिस बिजनेस भन्ने पढेको थिएँ। यसैमा छ पैसा। पार्लर, सैलुन, मेकअप, ट्याटु आदि बनाउनेको पैसा अथाह छ तर हाम्रा नेपाली घिनाउछन्, निन्दा गर्छन्, कामको आधारमा वर्गीकरण गर्छन्। त्यसो त सडक पिच गर्ने पनि बाहिरिया छन् हामी नेपाली गफ लगाउने खाने अरू काम छैन।
भारतीय सिरियलमा कपाल कटाएको १०० घरसम्म आएको १५० भन्ने देखाएको थियो सभ्रान्तहरू आज पनि सैलुनमा मनग्ये खर्च गर्छन्। कपाल बनाएको, मसाज गरेको, नुहाएको, दाह्री बनाएको, कालो लगाएको फेसियल गरेको आदि पैसा बाहिर जान्छ। काम नपाएर हामी अलपत्र छौ स्वैच्छिक बेरोजगारी हो क्यारे अर्थशास्त्रमा।
एक अफिसमा काम गर्दा त्यो अफिसका हाकिमहरूले पोखरामा बाह्र सयमा कपाल कटाएको भन्ने सुनेको थिएँ ३ वर्ष अगाडि। अहिले त सात हजार सुन्दा झन्डै म त हर्ट फेल भएको। हुन त हुनेले, सक्नेले हो तिर्ने।
बिहामा चुल्ठो जुरो बनाउन पनि राम्रै पैसा लिन्छन्। कपाल महात्मा जति गरे पनि सकिन्न यद्यपि कपाल छ नै सुन्दर अनुहारको राज। कपाल रोप्न मानिस टर्की इस्तानबुल जान्छन् रे। यहाँ पनि कपाल रोप्ने आँखीभौँ रोप्ने लहर चलेको छ। तीन/चार लाख लाग्छ रे।
कुनै बेला विदेशी हाकिम थिए, जुरुङ्ग कपाल पाल्थे। कपाल काट्न गार्डलाई हजाम बोलाउन पठाउँथे। ठुला बडाहरू हजाम सम्म जाँदैनन्, हजाम उनीहरूकै घर आउँछन्।’ हुन त सक्नेले हो गर्ने। हामीलाई कपाल कटाउन पनि क्यालेन्डर हेरेर कहिले काटेको मिति थाहा पाउन पर्छ।
आमाहरूले जुल्फी पालेको, जगल्टे, मुन्द्रे, झ्यापुले, मुठारे आदि नाम दिनु हुन्छ किनकि उहाँहरूलाई कपाल पालेको मनै पर्दैनथ्यो। नामै त क पाल अर्थात् पाल्नै पर्ने भएर हो कि उता महिलाको लामो कपाल सुनकेस्रा आदि भन्दछन्।
कपालको महत्त्व धेरै छ। कतिपय केटाको कपाल नभएकै कारणले बिहा भाँचिएको छ। यसैले कपालको जतन गरौँ। सायद कपाल पनि राम्रो नराम्रो न्युट्रिसनमा भर पर्छ। यस कारण पनि स्वस्थ जीवन, खानपान, दिनचर्या बनाऊ, कपाल दुख्ने काम नगरौँ अर्थात् तनावले कपाल झर्छ।
नदुखेको कपाल डोरी लगाएर नदुखाऊ। यो कुरा सधैँजसो हामी सुन्छौँ। कपालको कारणले लाखौँको रोजगारी चलेको छ, स्याम्पु तेल बिकेको, सबैको जय भएको छ।