
महिन्द्राले आफ्नो नयाँ विद्युतीय एसयुभी 'एक्सइभी ९-एस' नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले यो गाडी सार्वजनिक गरेको हो।
एक्सइभी ९-एस ७ सिटर फुल एसयुभी हो।
यसको ग्राउन्ड क्लियरेन्स २०५ मिलिमिटर छ। गाडीमा ३६० डिग्री क्यामेरा, ७ वटा एयरब्याग र एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) लगायतका सुविधा छन्।
कम्पनीले एक्सइभी ९-एसको मूल्य ६० लाख रूपैयाँबाट सुरू हुने जनाएको छ।
परिवारका लागि उपयुक्त हुने गरी ठूलो स्पेससहित डिजाइन गरिएको यो गाडीमा ७ जनाले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ।
बिक्रीपछिको सेवाका लागि नेपालभर सोरूम तथा सर्भिसिङको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
गाडीका पार्टपुर्जाका लागि ग्राहकले धेरै समय कुर्न नपर्ने पनि कम्पनीको दाबी छ।
इभी मार्केट एकदमै प्रतिस्पर्धी भए पनि महिन्द्राका गाडीलाई ग्राहकले विश्वास गरेका छन्।
यसलाई निरन्तरता दिनु आफ्नो लक्ष्य भएको कम्पनीले बताएको छ।