
टोयोटाले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा नयाँ हाइलक्स र र्याभ–४ हाइब्रिड विद्युतीय गाडी सार्वजनिक गरेको छ।
हाइलक्स सन् २००७ मा नेपालमा आएको थियो। त्यसपछि अहिले नयाँ आकार र फिचरसहित अपडेट भएर आएको कम्पनीले जनाएको छ।
नयाँ हाइलक्सको इन्ट्रोडक्टरी मूल्य १ करोड ५५ लाख रुपैयाँ तोकिएको छ। एक्स्पो अवधिभर ३ लाख रूपैयाँ छुट र इन्सुरेन्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
त्यस्तै, नयाँ ऱ्याभ–४ हाइब्रिड पनि सार्वजनिक गरिएको छ।
यसको फुल बडी परिवर्तन भएर आएको छ। यो पेट्रोल इन्जिन र विद्युतीय मोटरबाट चल्ने हाइब्रिड गाडी हो।
हाइब्रिड प्रणालीका कारण इन्धनको खपत कम गर्न सहयोग पुग्ने र गाडी चार्ज गर्न नपर्ने कम्पनीले जनाएको छ।
र्याभ–४ मा टोयोटा सेफ्टी सेन्सअन्तर्गत प्रि–कोलिजन सिस्टम, डाइनामिक राडार क्रुज कन्ट्रोल, लेन डिपार्चर अलर्ट, अटोमेटिक हाई बिम र लेन ट्रेसिङ असिस्टलगायतका सुरक्षा प्रणाली छन्।
ऱ्याभ–४ हाइब्रिडको मूल्य २ करोड १३ लाख रूपैयाँ तोकिएको छ।
एक्स्पोमा बुकिङ गर्ने ग्राहकलाई ८ लाख रूपैयाँसम्म छुट र लक्जरीमा कन्याकुमारी ड्राइभ निःशुल्क सुविधा दिइएको कम्पनीले जनाएको छ।