म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्ड, चेल्सीका मिडफिल्डर मेसन माउन्ट र न्युकासलका गोलरक्षक निक पोप यस महिनाको युरो २०२४ को छनोटका लागि इंग्ल्यान्डको टिमबाट बाहिरिएका छन्।
तीनै जना चोटका कारण टिमाबाट बाहिर भएका हुन्।
एफए कपको क्वार्टरफाइनलमा आइतबार फुलहाम विरुद्धको खेलमा रासफोर्डले गोल गरेका थिए।
पोप शुक्रबार नटिङ्घम फरेस्टविरुद्ध न्युकासलको २-१ को जितमा घाइते भएका थिए।
माउन्ट चोटबाट निको हुँदैछन्। प्रशिक्षक ग्यारेथ साउथगेटले उनलाई प्रारम्भिक २५ सदस्यीय टिममा समावेश गरेका थिए। हड्डीको चोटका कारण माउन्टले फेब्रुअरीदेखि चेल्सीका लागि खेलेका छैनन्।
रासफोर्ड यससिजन म्यानचेस्टर युनाइटेडमा राम्रो फर्ममा रहेका छन्। उनले कतार विश्वकपबाट फर्केपछि १९ गोल गरेका छन्।
इंग्ल्यान्डले २३ मार्चमा इटालीको यात्रा गरेपछि २६ मार्चमा वेम्बलीमा युक्रेनसँग खेल्नेछ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९, ०७:२२:००