नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले फ्यासिनो स्कुटरको नयाँ कलर ‘ग्ल्यामरस गोल्ड’ सार्वजनिक गरेको छ।
राजधानीमा आयोजित एक समारोहमा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन् ।
तीन वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनोले युवा राइडरहरुमाझ लोकप्रियता कायम गर्दै आएको छ। यो स्कुटर डिजाइनका हिसाबले सुन्दर मात्र छैन प्राविधिक रुपमा उच्चकोटीको समेत रहेको कम्पनीको दावी छ।
फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
नयाँ कलरका माडेलमा अघिल्ला मोडेलमा झैं एयर–कुल्ड, ४ स्ट्रोक, ११३ सीसी को ‘ब्लु कोर’ इन्जिन रहेको छ ।
यसले प्रतिलिटर ६६ किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।
नयाँ मोडेलको स्कुटरमा फ्रन्ट फेसियामा स्टाइलिस र डाइनामिक कर्भ र बडीमा स्टाइलिस ग्राफिक्स प्रयोग गरिएको तथा सिट कभर डुअल टोन कलरको रहेको छ।
सोही अवसरमा मिस नेपाल २०१८ तथा यामाहा फेस अफ फेसिनो उपाधि विजेता श्रृंखला खतिवडालाई एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फ्यासिनो हस्तान्तरण गरे।
खतिवडाले द हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल ब्युटी पेजेन्टमा बाँकी २४ जना प्रतिस्पर्धीलाई उछिनेर दुवै उपाधि जितेकी थिइन्।
तस्विरहरु:नारायण महर्जन/सेताेपाटी