सोमबार १३ अंकले बढेको शेयर बजार मंगलबार पुन ओरालो लागेको छ।
दुई महिनापछि सोमबार बजारसँगै कारोबार रकम पनि ५० करोड बढी पुगेको थियो । तर, मंगलबार भने बजार ५.६१ अंकले घटेर ११३९.९६ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सुचक पनि ०.७३ अंकले घटेर २५१.५७ अंकमा पुगेको छ।
१६१ कम्पनीको कारोबार भएको आज १० लाख ८२ हजार कित्ता शेयर खरिद विक्री हुँदा ३७ करोड ९८ लाख ४९ हजारको कारोबार भयो । सोमबार ५५ करोडको कारोबार भएको थियो।
नेप्से सूचकघटेसँगै उपसुचक पनि ओरालो लागेका छन्। मंगलबार उत्पादन समुहको सूचक ९.१८ ले बढ्नु बाहेक अन्य सबै उपसुचकहरु ओरालो लागेका हुन्।
सबैभन्दा बढी निर्जीवन बिमाको शेयर ५५.८९ अंकले घटेको छ। यस्तै, होटल १३.०५, विकास बैंक १३।१८ तथा माइक्रोफाइनान्स १०.९९ अंकले घटेको हो ।
आज सबैभन्दा बढी हिमालय डिस्टीलरी लिमिटेडको शेयर सबैभन्दा बढी ६ करोड ९७ लाख ४० हजारको कारोबार भएको छ।
यस्तै, एनएमबी बैंकको शेयर ६ करोड ४५ लाख तथा तेस्रोमा चिलिमे जलविद्युत कम्पनीको शेयर २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो।
हिमालय डिस्टीलरी लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी कमाए। गुमाउनेमा जोशी जलविद्युत कम्पनीका लगानीकर्ता छन्।