बीमा कम्पनी मेटलाइफले नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउने भएको छ।
२०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ।
नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको उपाध्यक्ष तथा महाप्रबन्धक श्री निर्मलकाजी श्रेष्ठले बताए।
उनले नपालमा मेटलाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरे।
विगत २० वर्षमा मेटलाइफ नेपालले रु २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको श्रृजना, रु २ हजार करोडको जीवन बीमा कोष तथा रु २७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ।
हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ।