कुमारी बैंकले जीवन बीमा सुविधा सहितको 'कुमारी जीवन बीमा मुद्दती निक्षेप' योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बीमा सुविधा निःशुल्क प्रदान गर्ने जनाएको छ।
योजना अन्तर्गत ग्राहकहरूले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम पचास हजार रूपैयाँदेखिको मुद्दती खाता खोल्न सक्ने छन्।
'निक्षेपकर्ताले अधिकतम एक करोड रूपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्ने छन्,' बैंकले भनेको छ, 'ग्राहकहरूले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन्।'
बैंकका अनुसार यो योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी हो।