आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
शुक्रबार एकको खरिददर १३३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ९१ पैसामा कारोबार भएको अमेरिकी डलर आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३० पैसा तोकिएको छ।
शुक्रबार युरो एकको खरिददर १४३ रूपैयाँ ०४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ६९ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६१ पैसा बढेको हो।
पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६७ रूपैयाँ र बिक्रीमा १६७ रूपैयाँ ७५ पैसा पाइन्छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रूपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४७ पैसा पाइन्छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७० पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३० पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ १३ पैसा र बिक्रीमा २८ रूपैयाँ २६ पैसा पाइन्छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ ४७ पैसा र बिक्रीमा ४३५ रूपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५७ पैसा र बिक्रीदर ३५५ रूपैयाँ १६ पैसा तोकिएको छ।