जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।