Setopati साहित्यपाटी
YouTube Subscribe
सोमबार, कात्तिक २, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ऋणमोचन!

मणिकुमार श्रेष्ठ सिजन

भदौ २३

ऋण नखाएको ऋणी हुँ 
बाजे 
यसो भन्दै भन्दै 
धर्तीबाट विलीन भए
बाजेको अनुहार त देख्न पाइनँ
तर बाजेसँगै 
पौरखी संस्कार पनि घट्दै गयो 
उब्जाउ भूमिहरू 
उराठ लाग्दा देखिन थाले। 

बाजे बितेपछि 
बाजेका सन्तानहरूमा
छुट्टै मोह बढ्न थाल्यो 
विदेशका ठुला–ठुला
कम्पनीमा काम गर्ने 
रहरसँगै 
गाउँमा युवाहरू देखिन छाडे 
भएका युवाहरू पनि 
कुलतका सिकार हुन पुगे 
कोही गाउँमै बसेर बिग्रिए
कोही सहर पसेर 
उतै हराए। 

सहर पसेकाहरू 
कोही 
आफ्नै देश परिवर्तन गरी 
गाउँलाई चटक्कै माया मारी 
तेस्रो देश पुनर्वास हुनसम्म भ्याए
गाउँमा बसेर कुलतमा फसेकाहरू
कुलतबाट त निस्किए
जब उसले थाहा पायो
 कुलतमा थिएँ भनेर
त्यस बेला उसलाई आफ्नाले नै 
छाडिसकेका थिए।

कुलतमा फसेको कारणले 
उसले आफ्नाहरूलाई छुट्टै 
ऋण बोकाएको छ 
त्यही ऋणमोचनका लागि 
उसका सन्तान
आज पनि 
विदेशका गल्ली गल्लीहरूमा 
कुल्ली भएर कुदिरहेको छ 
के थिएन र मेरो देशमा 
पानी थियो, सिँचाइ थिएन
बल थियो, श्रम थिएन
श्रमिक थियो, ज्याला थिएन
उब्जनी थियो, विनिमय थिएन
बिरुवा थियो, जंगल थिएन
सरकार थियो, आकार थिएन। 

बाजेले उबेला 
रोपेको सुन्तला अहिले पनि खान मिल्छ
तर 
हाम्रो संस्कारले फूल रोप्न सिकाएन
लगाउन सिकायो 
लगाउनका पछि दगुर्दा दगुर्दै 
बाजेको सन्तति सकियो
बाको पनि सकियो 
अब त हामीले उठ्ने 
बेला भएको छ। 

बाजेले रोपेका बिरुवालाई
सम्हाल्दै नयाँ बिरुवा लगाउनु छ
बाको सन्देश लिएर 
नयाँ उजागर गर्नु छ 
परदेशिएका सन्तानहरूलाई
देशमै केही गर्न सकिन्छ
भनेर देखाउनु छ। 

किन हुन पर्‍यो शरणार्थी हामीले
किन जानु पर्‍यो ज्यामी बनेर 
गरौँ आफ्नै देशमा कुल्ली अनि 
ज्यामीका कामहरू गरौँ
काम सानो-ठुलो हुँदैन
स्वाभिमान ठुलो हुन्छ
आफ्नो देश ऋणमा डुबेको बेला
हामीले सहारा दिएर 
बनाउनु छ देशलाई 
सुखी र समृद्धि
ल्याउनु छ नयाँ बिहानी
सदा सदाको लागि
ऋणमोचन गरेर। 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:०८
सिफारिस
दसैंमा कुकुरलाई पनि बसको टिकट, होस्टेलमा राख्न दैनिक हजार रूपैयाँसम्म
दसैंमा कुकुरलाई पनि बसको टिकट, होस्टेलमा राख्न दैनिक हजार रूपैयाँसम्म
फ्रान्समा हिंसात्मक प्रदर्शनपछि २ हजारभन्दा बढी पक्राउ, म्याक्रोंले बोलाए आपतकालीन बैठक
फ्रान्समा हिंसात्मक प्रदर्शनपछि २ हजारभन्दा बढी पक्राउ, म्याक्रोंले बोलाए आपतकालीन बैठक
राति खाना खाएपछि फेरि केही खाने बानी छ? दुई लाख मानिसको अध्ययनले देखायो यस्तो जोखिम
राति खाना खाएपछि फेरि केही खाने बानी छ? दुई लाख मानिसको अध्ययनले देखायो यस्तो जोखिम
पखेटा थिए, धारिला दाँत थिए, तर उड्न सक्दैनथ्यो– १५ करोड वर्ष पुरानो चराको रहस्य
पखेटा थिए, धारिला दाँत थिए, तर उड्न सक्दैनथ्यो– १५ करोड वर्ष पुरानो चराको रहस्य
भारतमा आन्दोलनकारीविरूद्ध कम्तिमा ३ मुद्दा, १७ सामाजिक सञ्जाल एकाउन्ट पनि प्रहरी निगरानीमा
भारतमा आन्दोलनकारीविरूद्ध कम्तिमा ३ मुद्दा, १७ सामाजिक सञ्जाल एकाउन्ट पनि प्रहरी निगरानीमा
१५९ वर्षअघि आजकै दिन रूसबाट अमेरिका पुगेको अलास्का, ७२ लाख डलरमा भएको थियो किनबेच
१५९ वर्षअघि आजकै दिन रूसबाट अमेरिका पुगेको अलास्का, ७२ लाख डलरमा भएको थियो किनबेच
नेपाललाई २ करोड डलर दिने प्रस्तावमा कोषको विशेष बैठक कात्तिक ५ गते, पैसा कहिले आउँछ?
नेपाललाई २ करोड डलर दिने प्रस्तावमा कोषको विशेष बैठक कात्तिक ५ गते, पैसा कहिले आउँछ?
८३ अर्ब डलरको रक्षा खर्च, तैपनि किन रोक्न सकिरहेको छैन साउदी अरबले हुथीका आक्रमण?
८३ अर्ब डलरको रक्षा खर्च, तैपनि किन रोक्न सकिरहेको छैन साउदी अरबले हुथीका आक्रमण?
जिबी राईको अडिओ र प्रेस नोट– 'म नेपाल फर्किएर समस्या समाधान गर्न चाहन्छु'
जिबी राईको अडिओ र प्रेस नोट– 'म नेपाल फर्किएर समस्या समाधान गर्न चाहन्छु'
थप

साहित्यपाटी

सृष्टिदोष
एउटै घडीमा मिल्नेछन् समय!
पानीको स्मृति!
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन!
मिथक र साहित्यः के मिथक होइन र के चाहिँ हो?
कलियुगे मान्छे!

विचार

नारायण वाग्ले
एकाबिहानको कथा नारायण वाग्ले
जयप्रकाश आनन्द
राष्ट्रहरू असफल हुने ४ संकेत, नेपालले के सिक्ने? जयप्रकाश आनन्द
 शिवजी श्रेष्ठ
प्रहरीले सुरक्षा दिने कि भिआइपीलाई सलाम गर्दै बस्ने?  शिवजी श्रेष्ठ
चेतनाथ आचार्य
पान्डाले छोरा र छोरीमाथि किन गर्छ विभेद? चेतनाथ आचार्य

ब्लग

विदुर दाहाल
सबै खराब, आफू मात्र चोखो! विदुर दाहाल
राजबहादुर शाही
तिब्बतसँग छ १५ दिनको साइनो, भन्छन्– अब अर्को साउन कहिले आउला? राजबहादुर शाही
बिष्णुकान्त घिमिरे
नाम फरक, पहिचान उस्तै, भ्रमको मूल्य उपभोक्तालाई बिष्णुकान्त घिमिरे
अर्जुन मोहन भट्टराई
कुरा दसैँको, सहर हैन गाउँको! अर्जुन मोहन भट्टराई

साहित्यपाटी

नारायण प्रसाद सापकोटा
सृष्टिदोष नारायण प्रसाद सापकोटा
कल्पना दाहाल
एउटै घडीमा मिल्नेछन् समय! कल्पना दाहाल
नरेन्द्रनाथ भट्टराई
पानीको स्मृति! नरेन्द्रनाथ भट्टराई
इन्द्र भट्टराई
जिन्दगीमा सधैँ फस्ट हुन जरुरी छैन! इन्द्र भट्टराई

केटाकेटीका कुरा

प्रस्ताव घिमिरे
शुभकामना शुभकामना शुभकामना! प्रस्ताव घिमिरे
श्राव्या पौडेल
त्रिशूली बजारमा भदौ ८ र ९ गते! श्राव्या पौडेल
आरोही अधिकारी
प्रलय! आरोही अधिकारी
शिवांशी खड्का
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ! शिवांशी खड्का

पाठक विचार

विभु पहाडी
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! विभु पहाडी
खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP