Setopati साहित्यपाटी
YouTube Subscribe
सोमबार, कात्तिक १६, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ऋणमोचन!

मणिकुमार श्रेष्ठ सिजन

भदौ २३

ऋण नखाएको ऋणी हुँ 
बाजे 
यसो भन्दै भन्दै 
धर्तीबाट विलीन भए
बाजेको अनुहार त देख्न पाइनँ
तर बाजेसँगै 
पौरखी संस्कार पनि घट्दै गयो 
उब्जाउ भूमिहरू 
उराठ लाग्दा देखिन थाले। 

बाजे बितेपछि 
बाजेका सन्तानहरूमा
छुट्टै मोह बढ्न थाल्यो 
विदेशका ठुला–ठुला
कम्पनीमा काम गर्ने 
रहरसँगै 
गाउँमा युवाहरू देखिन छाडे 
भएका युवाहरू पनि 
कुलतका सिकार हुन पुगे 
कोही गाउँमै बसेर बिग्रिए
कोही सहर पसेर 
उतै हराए। 

सहर पसेकाहरू 
कोही 
आफ्नै देश परिवर्तन गरी 
गाउँलाई चटक्कै माया मारी 
तेस्रो देश पुनर्वास हुनसम्म भ्याए
गाउँमा बसेर कुलतमा फसेकाहरू
कुलतबाट त निस्किए
जब उसले थाहा पायो
 कुलतमा थिएँ भनेर
त्यस बेला उसलाई आफ्नाले नै 
छाडिसकेका थिए।

कुलतमा फसेको कारणले 
उसले आफ्नाहरूलाई छुट्टै 
ऋण बोकाएको छ 
त्यही ऋणमोचनका लागि 
उसका सन्तान
आज पनि 
विदेशका गल्ली गल्लीहरूमा 
कुल्ली भएर कुदिरहेको छ 
के थिएन र मेरो देशमा 
पानी थियो, सिँचाइ थिएन
बल थियो, श्रम थिएन
श्रमिक थियो, ज्याला थिएन
उब्जनी थियो, विनिमय थिएन
बिरुवा थियो, जंगल थिएन
सरकार थियो, आकार थिएन। 

बाजेले उबेला 
रोपेको सुन्तला अहिले पनि खान मिल्छ
तर 
हाम्रो संस्कारले फूल रोप्न सिकाएन
लगाउन सिकायो 
लगाउनका पछि दगुर्दा दगुर्दै 
बाजेको सन्तति सकियो
बाको पनि सकियो 
अब त हामीले उठ्ने 
बेला भएको छ। 

बाजेले रोपेका बिरुवालाई
सम्हाल्दै नयाँ बिरुवा लगाउनु छ
बाको सन्देश लिएर 
नयाँ उजागर गर्नु छ 
परदेशिएका सन्तानहरूलाई
देशमै केही गर्न सकिन्छ
भनेर देखाउनु छ। 

किन हुन पर्‍यो शरणार्थी हामीले
किन जानु पर्‍यो ज्यामी बनेर 
गरौँ आफ्नै देशमा कुल्ली अनि 
ज्यामीका कामहरू गरौँ
काम सानो-ठुलो हुँदैन
स्वाभिमान ठुलो हुन्छ
आफ्नो देश ऋणमा डुबेको बेला
हामीले सहारा दिएर 
बनाउनु छ देशलाई 
सुखी र समृद्धि
ल्याउनु छ नयाँ बिहानी
सदा सदाको लागि
ऋणमोचन गरेर। 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:०८
सिफारिस
फेरि पनि प्रधानमन्त्री कार्यालयको खतरनाक हस्तक्षेप
फेरि पनि प्रधानमन्त्री कार्यालयको खतरनाक हस्तक्षेप
अरू सबै 'म्युजिकल चेयर' को मारमा परे, उनी एक्ला 'भाग्यमानी' साबित भए
अरू सबै 'म्युजिकल चेयर' को मारमा परे, उनी एक्ला 'भाग्यमानी' साबित भए
नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी!
नयाँ आइफोनका कारण एप्पल फेरि बन्यो संसारकै मूल्यवान कम्पनी!
दुई दिनमै तोलामा साढे ११ हजार घट्यो सुनको भाउ, अब अझै घट्छ कि फेरि बढ्छ?
दुई दिनमै तोलामा साढे ११ हजार घट्यो सुनको भाउ, अब अझै घट्छ कि फेरि बढ्छ?
७ वर्षको तथ्यांकबाट सिकाइयो पहिरो अनुमान गर्न, त्यसपछिका २ वर्षमा लिइयो परीक्षा
७ वर्षको तथ्यांकबाट सिकाइयो पहिरो अनुमान गर्न, त्यसपछिका २ वर्षमा लिइयो परीक्षा
अस्ट्रेलिया जाने विद्यार्थीका लागि बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव
अस्ट्रेलिया जाने विद्यार्थीका लागि बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव
सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो
सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो
प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर
प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर
हिमालको मुद्दा पहिले पनि उठेको थियो, अहिले के फरक?
हिमालको मुद्दा पहिले पनि उठेको थियो, अहिले के फरक?
थप

साहित्यपाटी

आइतेको दसैँ आयो गयो!
म अब यस्तो कविता लेख्दिनँ!
एक रातले बदलिएको जीवन!
मलाई पनि इशारा दिऊँ दिऊँ भो!
मोबाइल जिन्दगी!
ग्यास स्टेसनको दसैँ!

विचार

गगन थापा
सरकारमा बसेकालाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्यो गगन थापा
जयप्रकाश आनन्द
बिपीको दुरदृष्टि र भारतीय दक्षिणपन्थको उदय जयप्रकाश आनन्द
सम्पादकीय
प्रेसको अधिकार प्रधानमन्त्रीको निगाहको विषय होइन, संसदीय छानबिन गर सम्पादकीय
सुनीता डंगोल
सिलु हेरेपछि म भन्थेँ– ठूली हुन्छु, बिहे गर्छु तर आफ्नो श्रीमानसँग गोसाइँकुण्ड कहिल्यै जान्नँ! सुनीता डंगोल

ब्लग

यमुना अर्याल (काफ्ले)
सरकारी कर्मचारी भएकै कारण यति ठूलो सजाय किन? यमुना अर्याल (काफ्ले)
पवित्रा घिमिरे
कहाँ हराउँदै छ शिक्षकको मुस्कान? पवित्रा घिमिरे
सरोज पन्थी
ब्रेन ड्रेनदेखि ब्रेन गेनतर्फ: कृषि क्षेत्रको रूपान्तरणमा सम्भावना! सरोज पन्थी
प्रतिज्ञा भट्ट
कहिलेसम्म दबिन्छ र ट्रेड युनियनको आवाज? प्रतिज्ञा भट्ट

साहित्यपाटी

शंकर पाण्डे 'मुक्ति'
आइतेको दसैँ आयो गयो! शंकर पाण्डे 'मुक्ति'
मेनका चापागाईं काप्री
म अब यस्तो कविता लेख्दिनँ! मेनका चापागाईं काप्री
नारायण कोइराला
एक रातले बदलिएको जीवन! नारायण कोइराला
विदुर दाहाल
मलाई पनि इशारा दिऊँ दिऊँ भो! विदुर दाहाल

केटाकेटीका कुरा

संस्कृत आचार्य
'जीवन काँडा कि फूल'मा मलाई मन परेको कुरा! संस्कृत आचार्य
हिमांशु भण्डारी
एक दृष्टिविहीन बालकले संसारलाई देख्न सिकाएको कथा! हिमांशु भण्डारी
हिमांश्री भण्डारी
कछुवा र अक्टोपसको मित्रता! हिमांश्री भण्डारी
प्रस्ताव घिमिरे
शुभकामना शुभकामना शुभकामना! प्रस्ताव घिमिरे

पाठक विचार

चतुर्भुज भट्ट
चतुर्भुज भट्टको खण्डन चतुर्भुज भट्ट
विभु पहाडी
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! विभु पहाडी
खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP