सहसचिव बसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरूवा गरेको हो।
अधिकारी करिब साढे दुई वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए। आफूलाई मन्त्रालयले काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको अधिकारीले सेतोपाटीलाई बताए।
उनी आइतबारदेखि महानगरको कार्यालयमा जाँदैछन्।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौड्याललाई संघीय मन्त्रालयकै अतिरिक्तमा ल्याइएको छ।
महानगरमा पहिले सचिवको दरबन्दी थियो। तर केही समयदेखि सहसचिव पठाउन थालिएको छ।
मन्त्रालयले अधिकारीसहित १० सहसचिवको सरूवा गरेको थियो।