जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टीबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानलाई पठाइने बताएका छन्।
सोमबार दिउँसो सत्ता गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष राउतले पार्टीले पाएको मन्त्रालयमा आज खानलाई पठाइने बताए।
खान जनमत पार्टीका उपाध्यक्ष हुन्।
तपाईं मन्त्री नहुने? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै राउतले योग्य व्यक्तिलाई सरकारमा पठाउन लागेको बताए।
‘म सासंद बन्न पनि योग्य व्यक्ति होइन, तर योग्य व्यक्तिलाई पार्टीले मन्त्री बनाउन सिफारिस गर्दैछ,’ राउतले भने।