मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथ पुस १५ गते तय भएको छ।
प्रदेशसभा सचिवालयले बोलाएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए।
उनका अनुसार दिउँसो दुई बजे सबभन्दा जेठ नेकपा एकीकृत समाजवादी पार्टीका गोविन्दबहादुर न्यौपानेले सांसदहरूलाई सपथ खुवाउने छन्।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यले गराउने कानुनी व्यवस्था छ।
मधेश प्रदेशमा १०७ जना प्रदेशसभा सदस्यहरू छन्।