प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार साँझ पत्रकार सम्मेलन गरेको छ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकारणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। तर सत्तापक्षले संसदीय छानबिन समिति गठनको आवश्यकता नभएको बताइरहेको छ।
कांग्रेसको अवरोधले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठक स्थगित भएको छ। संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले सदन चल्न नदिने बताएको थियो।
बिहीबार प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले कांग्रेसको नाराबाजी र वेल घेराउका बीच कार्यसूचीमा प्रवेश गरेका थिए। साथै गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेल भएको थियो।
कांग्रेस महामन्त्री गगन थापाले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए।
‘हामीलाई संसदीय समिति चाहिन्छ,’ उनले भने, ‘गृहमन्त्रीजी बोल्नुहुन्छ यो कुरा ठिक छ भनेका थियौं। गृहमन्त्री बोल्ने र त्यसमा कांग्रेस बोल्न नपाउने भन्नेचाहिँ हुँदैन। चित्त बुझेन भने हाम्रो कुरा राख्छौं भनिएको थियो। तर सत्तापक्षले गृहमन्त्रीले बोलेपछि अरूले बोल्न नपाउने भन्यो।’
लाइभ: