सरकारले सुन तस्करीबारे अध्ययन र आवश्यक पर्दा थप छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने भएको छ।
इलेक्ट्रिक सिगरेट (भेप) भित्र राखेर ल्याएको सुन र ब्रेकशुमा लुकाएर ल्याएको अवस्थामा साउन २ मा बरामद सुनलगायतबारे अध्ययन र अनुसन्धान गर्न आयोग बनाउने सहमति भएको हो।
आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग बनाउने र आयोगलाई तीन महिनाको समय दिने गरी कार्यादेश तयार पारेको छ।
आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुबीच भएको छलफलमा आयोग बनाई अध्ययन गर्न तीन महिना समय दिने सहमति भएको छ।
असोज ५ गते नै आयोग बनाउने पूर्वसहमति भए पनि अहिलेसम्म आयोग बनेको छैन। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी अध्ययन र अनुसन्धान गर्न आयोग बनाउनुपर्ने माग राखेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणमा गएकोले सुन तस्करी अध्ययन र अनुसन्धान गर्ने आयोग गठनमा ढिलाइ भएको थियो।
यस्तो छ सहमति:
