प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सदभाव फैलाउन मद्दत पुग्ने बताएका छन्।
२५६८ औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीमा भारतीय दूतावास र लुम्बिनी विकास कोषद्वारा आयोजित चित्रकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए।
'बुद्धको शाश्वत अहिंसा, करूणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुशरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सदभाव फैलाउन मद्दत गर्नेछ।'
लुम्बिनी आउँदा आफूलाई सधैं खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए।
उनले भने, 'नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोज केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटक पटक व्यक्त गरेको छ।'
प्रधानमन्त्री प्रचण्डले सांस्कृतिक सम्पदा प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोस प्रेरणादायी भएको बताए। नेपाल-भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै उनले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे।
बिहीबार आयोजना हुने २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको मूल समारोहमा सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो लुम्बिनी पुगेका हुन्।
![pm-lumbini-(2)-1716390493.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(2)-1716390493.jpg)
![pm-lumbini-(1)-1716390493.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(1)-1716390493.jpg)
![pm-lumbini-(6)-1716390495.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(6)-1716390495.jpg)
![pm-lumbini-(3)-1716390494.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(3)-1716390494.jpg)
![pm-lumbini-(4)-1716390494.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(4)-1716390494.jpg)
![pm-lumbini-(8)-1716390495.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(8)-1716390495.jpg)
![pm-lumbini-(9)-1716390496.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(9)-1716390496.jpg)
![pm-lumbini-(10)-1716390496.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(10)-1716390496.jpg)
![pm-lumbini-(5)-1716390495.jpg](https://www.setopati.com/uploads/posts/pm-lumbini-(5)-1716390495.jpg)