प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन्।
मंगलबार मध्याह्न काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित राष्ट्रपति पौडेल निवासमा आगजनी भएको हो।
'घरको छतमा धुवाँको मुस्लो छ। प्रदर्शनकारीहरूले घर घेरेका छन्,' एक स्थानीयले सेतोपाटीसँग भने।
प्रदर्शनकारीहरूले खुमलटारस्थित प्रचण्डको निवास, बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि आगजनी र तोडफोड गरेको छ।
