जेन–जी प्रदर्शनकारीले राष्ट्रपति भवन पनि आगो लगाएका छन्।
शीतल निवासस्थित राष्ट्रपति भवन मंगलबार अपराह्न प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले राष्ट्रपति भवन जलिरहेको छ।
प्रदर्शनकारीहरूले शीतल निवासभित्रै पसेर तोडफोड गरिरहेका छन्।
प्रदर्शनकारीले सिंहदरबारमा रहेका अधिकांश मन्त्रालय, संसद भवन पनि आगो लगाएका छन्।
यसअघि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, निवर्तमान गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्काको निवासमा आगजनी गरेका थिए।
उनीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास पनि जलाएका थिए।