काठमाडौंको बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा तोडफोड भएको छ।
मंगलबार भएको प्रदर्शनको क्रममा बुढानिलकण्ठस्थित निवासमा तोडफोड भएको हो।
प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर तोडफोड गरेका छन्।
प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछार पनि गरेका छन्। यसपछि सेना र सशस्त्र प्रहरीको जिम्मा लगाएका छन्।
उनीहरूले देउवा दम्पतीलाई कुटपिट र लछारपछार पार्दै घरबाट निकालेर बाहिर आँगनमा ल्याए। त्यसपछि सुरक्षाका लागि तैनाथ सेना र सशस्त्र प्रहरीको जिम्मा लगाइदिए।
तस्बिरहरु: ममुन केसी/नेपाल फोटो लाइब्रेरी











