नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा शुक्रबार नेपाल फर्केका छन्।
कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका उनीहरू १८ दिनपछि स्वदेश फर्केका हुन्।
देउवा दम्पतीलाई स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानिलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि आक्रमण गरी घाइते बनाएका थिए।
सभापति देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा पुगेर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
त्यसपछि थप उपचारका लागि उनीहरू सिंगापुर गएका थिए।

-1763137110.jpg)
-1763137110.jpg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी