नेकपा एमालेको सचिवालय बैठकले हेभिवेट भएका समानुपातिक उम्मेदवारको नाम छलफल गरेको छ।
समानुपातिक उम्मेदवार छनोट छलफलका लागि बोलाइएको बैठकमा हेभिवेट भएका केही नेताको नाम पेस गरिएको हो।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा पूर्वउपाध्यक्ष गुरू बराल, सचिव पद्मा अर्याल, गोरख बोगटी, कोमल वली र शान्ता चौधरीको नाम सुरूमा आएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ।