नेकपा एमालेको सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले समानुपातिक उम्मेदवारका लागि नाम प्रस्ताव गरेका छन्।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा उनीहरूले समानुपातिकको पहिलो नम्बरमा ईश्वर पोखरेको नाम प्रस्ताव गरेका छन्।
यस्तै, बिन्दा पाण्डे, रचना खड्का, खगेन्द्र राई, टीकाराम भट्टराई, शम्भु थापा, भीमज्वाला राई, पूर्णशोभा चित्रकार, शर्मिला कार्कीको नाम प्रस्ताव गरेको स्रोतले बतायो।
यस्तै, पार्टीलाई एकताबद्ध बनाउन ती नाम समावेश गर्नुपर्नेमा उनीहरूको जोड थियो।
'पार्टीलाई एकताबद्ध बनाउने हरेक कलस्टरमा ५-६ जनालाई समावेश गरौं,' उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
झापाबाट ७ जनाभन्दा बढी, दाङबाट ५ जनाभन्दा बढी नाम ल्याउँदा क्षेत्रीय, समुचित प्रतिनिधित्व छुट्ने पनि बैठकमा उनीहरूले बताएका थिए।
यस्तै मापदण्ड बनाउँदा एक पटक समानुपातिक सूचीमा परिसकेका नराख्न उनीहरूले जोड दिएका थिए। त्यसले नयाँ मानिसले अवसर पाउने र ल्याउनै पर्ने छुट्ने उनीहरूको भनाइ थियो।