नेपाली कम्युनिस्ट पार्टीले प्रदेश इन्चार्ज, सहइन्चार्ज र पदाधिकारीहरू चयन गरेको छ।
पार्टी केन्द्रीय संयोजन समितिको सोमबार बसेको बैठकले कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, सहइन्चार्ज परशुराम बस्नेत तोकेको छ। कोशी प्रदेशको संयोजक हर्कबहादुर नेम्वाङ, सहसंयोजक सरिता खड्का थापा चयन भएका छन्।
मधेस प्रदेश इन्चार्जमा महेन्द्रराय यादव, सहइन्चार्ज मातृका यादव, रामकुमार भट्टराई र विश्वनाथ साह चयन भएका छन्।
मधेस प्रदेश अध्यक्षमा राजु खड्का र सहसंयोजक सुधिर साह चयन भएका छन्।
बागमती इन्चार्ज गंगालाल तुलाधर र सहइन्चार्ज हितबहादुर तामाङ र लालबहादुर तामाङ चयन भएका छन्।
बागमती प्रदेश संयोजकमा सरल सहयात्री र सहसंयोजक भीम दाहाल चयन भएका छन्।
गण्डकीको इन्चार्जमा श्रीनाथ बराल, सहइन्चार्ज हरिराज अधिकारी चयन भएका छन्। प्रदेश संयोजक गायत्री गुरूङ, सहसंयोजक कृष्ण नेपाली चयन भएका छन्।
लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, सहइन्चार्जमा मेटमणि चौधरी चयन भएका छन्। लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खाँ र सहसंयोक कृष्ण अधिकारी चयन भएका छन्।
कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही र सहइन्चार्ज टेकबहादुर बस्नेत, संयोजक विमला केशी र सहसंयोजक ठगेन्द्रप्रकाश पुरी चयन भएका छन्।
सुदूरपश्चिम इन्चार्ज भीम रावल र सहइन्चार्ज भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, खगराज भट्ट चयन भएका छन्।
सुदूरपश्चिम प्रदेश संयोजक हरिराम चौधरी र सहसंयोजक लालबहादुर खड्का चयन भएका छन्।
त्यस्तै उपत्यका विशेष इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विश्वनाथ प्याकुरेल चयन भएका छन्।
संयोजक विष्णु लामिछाने, सहसंयोजकमा जगत सिंखडा चयन भएका छन्।
सम्पर्क विशेष प्रदेशअन्तर्ग इन्चार्ज यशोदा सुवेदी र सहइन्चार्जमा बलकाजी राई चयन भएका छन्। सहसंयोजक तारानाथ दाहाल र सहसंयोजक कृष्ण अधिकारी चयन भएका छन्।
भारत प्रवासअन्तर्गत प्रदेशमा इन्चार्ज शेरबहादुर कुँवर र सहइन्चार्ज ईश्वरीप्रसाद भण्डारी चयन भएका छन्। संयोजकमा राजेन्द्र शर्मा सहइन्चार्ज रामबहादुर डाँगी चयन भएका छन्।
मध्यपूर्व क्षेत्रको इन्चार्जमा डिबी क्षेत्री, सहइन्चार्जमा द्रोण सिलवाल चयन भएका छन्। संयोजकमा शनीकुमार वली चयन भएका छन्। सहसंयोजक खाली राखिएको छ।
युरोप अमेरिका क्षेत्रको इन्चार्ज श्रीराम ढकाल र सहइन्चार्ज सुरेन्द्र भुसाल, सुवास पोखरेल चयन भएका छन्। यहाँ संयोजक र सहसंयोजक खाली राखिएको छ।
सोमबार बसेको बैठकले ६०१ जनाको केन्द्रीय कार्यसमिति गठन गरेको छ। २४९९ केन्द्रीय सदस्यको नाम रूजु र व्यवस्थित गरेर पठाउने जिम्मा केन्द्रीय कार्यालयलाई दिइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।