मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सांसद सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकेको हो।
त्यस्तै, अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गर्न पनि भनेको छ।
महोत्तरी क्षेत्र नम्बर ४ 'ख' बाट निर्वाचित प्रदेश सभा सदस्यको रूपमा रहेका उनले पदीय हैसियतलाई आधार बनाएर उपभोक्ता समितिहरूबाट कमिशनबाट ३८ लाख ५० हजार १३९ रूपैयाँ भ्रष्टाचार भएको हो।