राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको उम्मेदवारी फिर्ता लिएकी रञ्जु दर्शनाको नाम भोटिङ मेसिनबाट हटाउन नमिलेपछि उनले यसको जानकारी प्रतिनिधिलाई दिन मैदानमा खटिएकी छन्।
केन्द्रीय सदस्यमा सबभन्दा धेरै मत पाउने दश जनामध्ये परेकी उनले दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरू भएपछि महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन्।
‘मैले उम्मेदवारी फिर्ता लिइसकेकी छु, उम्मेदवारी फिर्ता लिनुपर्ने तोकिएसको समयभन्दा पछि मात्र नाम फिर्ता गरेकाले सिष्टमबाट मेरो नाम भने हटेको छैन,’ उनले भनिन्, ‘अहिले प्रतिनिधिहरूलाई मैले उम्मेदवारी फिर्ता लिएँ भन्दै हिँडेको छु।’
उनले केन्द्रीय सदस्यमा २२४९ मत पाएकी थिइन्।