राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीका लागि आज भएको निर्वाचनमा सभापति रवि लामिछाने अनुपस्थित रहे।
उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा भएको निर्वाचनमा सभापति लामिछाने मत दिन नआएका हुन्।
सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले सभापति लामिछाने पदाधिकारी चुनावमा मत दिन अनुपस्थित रहेको सेतोपाटीलाई जानकारी दिए।
'उहाँ पदाधिकारी निर्वाचनमा मत दिन आउनु भएन,' उनले भने।
सभापति लामिछाने चितवनमै छन्। उनी किन पदाधिकारी निर्वाचनमा मत दिन आएनन् भन्ने खुलिसकेको छैन।
यसअघि ९९ केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा भने उनले मतदान गरेका थिए।
लामिछाने भने निर्विरोध रूपमा सभापति पदमा निर्वाचित भएका थिए।
रास्वपा महाधिवेशन असार ७ गते सुरू भएको थियो। पदाधिकारी चयन गर्दै आजै महाधिवेशन सक्ने तयारी छ।
रास्वपा महाधिवेशनमा पदाधिकारी निर्वाचनमा ७० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका छैनन्।