प्रतिनिधि सभाबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पारित भएको छ।
सभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि बैठकमा विधेयकमाथि परेका संशोधनमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिएको थियो। –न्युज एजेन्सी नेपाल