नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिले आज संशोधित कार्यतालिका प्रकाशित गरेको हो। यसअघि भदौ २४ गते वडा अधिवेशन गर्ने भनिएको थियो।
बाढी विपद् र पार्टीभित्र सहमतिका लागि भन्दै वडा अधिवेशन मिति सारिएको पार्टीले जनाएको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय समितिको छ।
नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने र जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गरिने कांग्रेसले जनाएको छ।
यस्तो छ कार्यतालिका-
१. गाउँ-नगर वडा अधिवेशन
२०८३ असोज ३ गते शनिबार र ४ गते आइतबार (स्थानीय अनुकूलता अनुसार तय गरी सम्पन्न गर्ने)
६७४३ वटै वडामा अधिवेशन, वडा कार्यसमितिको निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयन गर्ने।
२. गाउँ-नगरपालिका अधिवेशन
२०८३ असोज ७ गते बुधबार
३. प्रदेश सभा क्षेत्रीय अधिवेशन/प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-
२०८३ असोज १० गते शनिबार
४. केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते