नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सहमहामन्त्री मुस्लिमतर्फ मो. फिरदोष आलम निर्वाचित भएका छन्।
एक पदका लागि भएको निर्वाचनमा ३ जना उम्मेदवार थिए।
आलम ३३४७ मतसहित सहमहामन्त्री निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
अर्का उम्मेदवार अब्दुल सत्तारले २७२७ मत मात्रै ल्याए भने अर्का उम्मेदवार अतहर कमाल मुसलमानले ५५७ मत ल्याएका छन्।
सहमहामन्त्री जितेका फिरदोष प्रतिनिधि सभा सांसद पनि हुन्। गत फागुनमा भएको निर्वाचनमा उनी रौतहट २ बाट निर्वाचित भएका थिए।
मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका छन्।
सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरेका छन्।
केन्द्रीय सदस्य (मुस्लिम खुला) तर्फ डा. अताबुल मंसुरीले ३ हजार ३१७ मत प्राप्त गरेका छन्। मो. इर्शाद अन्सारीले १ हजार ८६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
त्यस्तै, अब्दुल रज्जाक गद्दी पनि निर्वाचित भएका छन्। उनले १७११ मत पाएका छन् ।
मुस्लिम खुलातर्फ ईश्तियाक अहमद खाँले १ हजार ५४४, जमिल अख्तर आजादले १ हजार ४५२, जम्सेर अलिमियाले १ हजार २०३, छोटे मियाँ अन्सारीले ९२५ र महमद जवारदिन मिया (मुन्ना) ले ८१५ मत प्राप्त गरेका छन्।
त्यस्तै, मो. मुकिम खानले ६९३, सहरम राउत गदीले ६७९, सलाउ दिन मियाँले ६७५, रहमतुल्ला मियाले ५६३, आवेद हुसेनले ७२२ र मोहम्मद अकरमले ४५२ मत प्राप्त गरेका छन्। सामुहम्मद मियाले ६३० मत प्राप्त गरेका छन् ।
मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन २ हजार ८३५ मतसहित निर्वाचित भएकी छन्। सकिना खातुनले २ हजार ११६ मत प्राप्त गर्दै अर्को पदमा जित हासिल गरेकी छन्।
महिला सदस्यतर्फ यासिबा रहमानले १ हजार ८२७, जमिला मियाँले १ हजार ७१८, जन्नतुन निसा धुनियाले १ हजार ६३ र नजबुल खानले ६९८ मत प्राप्त गरेका छन्।