नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा खसेको मत गणना भइरहेको छ।
खुलातर्फ ४५ पदका लागि भएको निर्वाचनमा ८३ जना प्रतिस्पर्धामा छन्।
अहिलेसम्म ६४ सय मत गणना गरिसकिएको छ।
मतगणनाअनुसार धेरै मत ल्याउने १० जनामा चिरीबाबु महर्जन पहिलो छन्। महर्जनले अहिलेसम्म ४८४३ मत ल्याएका छन्।
उनलाई निश्कल राईले पछ्याइरहेका छन्। राईले ४५१७ मत ल्याएका छन्।
तेस्रोमा ४३०४ मतसहित ईन्द्रबहादुर बानियाँ छन्। चौथोमा ४०६४ मतसहित गोविन्दराज पोखरेल छन्। पाँचौंमा जितनारायण श्रेष्ठ, छैटौंमा मोहन आचार्य, सातौंमा प्रबल थापा, आठौंमा गणेश लामा, नवौंमा राजीव कोइराला र दसौंमा हिमालदत्त श्रेष्ठ छन्।
हेर्नुस् कसको मत कति?


