नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरे केन्द्रीय सदस्यमा पराजित भएका छन्।
१५ औं महाधिवेशनमा उनी कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवार थिए।
४५ जनाका लागि भएको निर्वाचनमा ८३ जना उम्मेदवार रहेकोमा घिमिरेले ४६ औं मत ल्याएका थिए।
उनले २२ सय २० मत ल्याएका थिए। ४५ औं नम्बरमा रहेका सुधान्सु कोइरालाले २२ सय ५६ मत ल्याएका थिए।
घिमिरे सिन्धुलीका हुन्। उनी सिन्धुलीबाटै महाधिवेशन प्रतिनिधि आएका थिए।
घिमिरे निवर्तमान केन्द्रीय सदस्य पनि हुन्। साथै उनले प्रमुख सचेतक रहेर पनि काम गरेका थिए।
उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। साथै वडा अधिवेशन सुरू हुनुभन्दा केही दिनअघि मात्रै उनीसहित ५२ नेताहरू संस्थापन पक्षमा आएका थिए।