नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगन थापाले शनिवार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
गत असोज १८ देखि २३ गतेसम्म राजधानीमा सम्पन्न १५ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च पदमा निर्वाचित भएका थिए।
शनिबार सानेपामा आयोजित शपथ ग्रहण समारोहमा व्राह्मणहरूद्वारा स्वस्ति तथा वैदिक मन्त्रोच्चारण गरिएको थियो।
मन्त्रोच्चारण र धार्मिक विधिका बीच निर्वाचन आयोगका संयोजक खड्काले सभापति थापालाई शपथ खुवाउँदै प्रमाणपत्र समेत हस्तान्तरण गरे।
सभापति थापाले शपथ लिए पनि महाधिवेशनबाट निर्वाचित अन्य केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण भने तत्काल नहुने भएको छ।
पार्टी स्रोतकाअनुसार बाँकी निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आसन्न बडादशैँ पर्वपछि मात्र आयोजना गरिनेछ।
यस निर्वाचन परिणामसँगै नेपाली कांग्रेसको नेतृत्व तहमा नयाँ पुस्ताको आगमन भएको विश्लेषण गरिएको छ।
शपथ ग्रहणपछि सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा र गतिशील नीतिसहित अगाडि बढाउने अनौपचारिक प्रतिवद्धता व्यक्त गरेका छन्। –न्युज एजेन्सी नेपाल
-1792233746.jpg)
-1792233746.jpg)
-1792233745.jpg)

-1792233745.jpg)